भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

खैरो हेरोइनसहित दुई पक्राउ

खैरो हेरोइनसहित दुई पक्राउ

देउखुरी । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उहाँका अनुसार प्रहरीले उनीहरुलाई अमिलियाबाट पक्राउ गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.