भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च शुभारम्भ

गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च शुभारम्भ

धनगढी२, ० पुस । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसर पारेर कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ ।

नेपालको पश्चिमी सीमा नाकासमेत रहेको गड्डाचौकीबाट आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति नायब महानिरीक्षक प्रदीपकुमार पालले झण्डा मार्चको औपचारिक शुभारम्भ गरे । उनले राष्ट्रिय झण्डा र संगठनको झण्डासहित मार्चमा सहभागी सशस्त्र प्रहरी टोलीलाई बिदाइ गरेका थिए । बाहिनीपति पालले सशस्त्र प्रहरी बल स्थापना भएको २५ वर्षको ऐतिहासिक यात्रालाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले झण्डा मार्च आयोजना गरिएको बताए । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षामा रहेको भूमिकालाई उजागर गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

झण्डा मार्चमा ३५ जनाको टोली पैदल यात्रामा सहभागी रहेको छ । गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा नवलपुर पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, पूर्वी नाका झापाबाट पनि आजैदेखि झण्डा मार्च सुरु गरिएको छ । पश्चिम र पूर्वबाट सुरु भएका दुवै झण्डा मार्चका टोलीहरू १९औँ दिनमा नवलपुरमा भेटिनेछन् । नवलपुरमै विशेष समारोह आयोजना गरी सशस्त्र प्रहरीले रजत महोत्सव मनाउने जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.