भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च शुभारम्भ

गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च शुभारम्भ

धनगढी२, ० पुस । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसर पारेर कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ ।

नेपालको पश्चिमी सीमा नाकासमेत रहेको गड्डाचौकीबाट आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति नायब महानिरीक्षक प्रदीपकुमार पालले झण्डा मार्चको औपचारिक शुभारम्भ गरे । उनले राष्ट्रिय झण्डा र संगठनको झण्डासहित मार्चमा सहभागी सशस्त्र प्रहरी टोलीलाई बिदाइ गरेका थिए । बाहिनीपति पालले सशस्त्र प्रहरी बल स्थापना भएको २५ वर्षको ऐतिहासिक यात्रालाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले झण्डा मार्च आयोजना गरिएको बताए । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षामा रहेको भूमिकालाई उजागर गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

झण्डा मार्चमा ३५ जनाको टोली पैदल यात्रामा सहभागी रहेको छ । गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा नवलपुर पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, पूर्वी नाका झापाबाट पनि आजैदेखि झण्डा मार्च सुरु गरिएको छ । पश्चिम र पूर्वबाट सुरु भएका दुवै झण्डा मार्चका टोलीहरू १९औँ दिनमा नवलपुरमा भेटिनेछन् । नवलपुरमै विशेष समारोह आयोजना गरी सशस्त्र प्रहरीले रजत महोत्सव मनाउने जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.