भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘गुण्डा शैलीमा क्यान्सर अस्पतालका कर्मचारीमाथि हातपात’

‘गुण्डा शैलीमा क्यान्सर अस्पतालका कर्मचारीमाथि हातपात’

भक्तपुर । ‘हेर्दै डर लाग्ने एक हुल जथ्था अस्पताल भित्र पस्यो । त्याे जथ्थाले अस्पतालको ढोका बन्द गर्यो र सिधै प्रशासनमा गएर माइन्यूट गर्न थाल्याे । हामी त छक्कै पर्यौ । एक छिन मै कर्मचारीमाथि हातपात हुन थाल्याे र कोलाहलको स्थिति पैदा भयो । अनि भागाभाग भयाे।’ भक्तपुर क्यान्स अस्पतालमा उपचाररत एक विरामीको भनाई हो यो । ‘कसैलाई थाहा नदिएर फिल्मी शैलीमा आएको त्यो जथ्थाले ताण्डव नृत्य देखायो ।’ थरथर काप्दै ती विरामीले भने ।

भक्तपुर क्यान्सर अस्पतालमा पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई फिल्मी शैलीमा पदस्थापन गर्न खोजेपछि स्थानीयवासीले त्यो जथ्थालाई लखेटेका छन् । भ्रष्टाचारीलाई कार्वाही गर भन्ने नारासहित स्थानीयले अस्पताल परिसर घेरेपछि अस्पतालको ताण्डब नृत्य राेकियाे ।

कर्मचारी माथि हातपात गर्दै र अस्पतालको भौतिक संरचना तोडफोड गरि जवरजस्ती अस्पताल व्यवस्थापन समिति पुन गठन गर्न लागेका उनीहरु अन्तत स्थानीयकाे घेरावन्दीले भागाभाग भएको एक स्थानीयले बताए । पुरानो समितिले व्यापक अनियमितता गरेको आरोप लगाउँदै स्थानीयले भक्तपुर नगरपालिकालाई लिखित आग्रह गरेपछि गत साउन ३० गते नगरपालिकाले नयाँ समिति गठन गरेको थियो ।

नयाँ समिति आएपछि क्यान्सर अस्पतालमा हुने अनियमितता हात्तै घटेको स्थानीयकाे भनाइ छ। पुरानो सस्थाका पदाधिकारी अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा व्यापक अनियमितता गरेको स्थानीयको आरोप छ । यसरी व्यापकरुपमा अस्पतालमा अनियमितता भएपछि स्थानीयको आग्रहमा नगरपालिकाले नेतृत्व लिएको थियो ।

उपनिर्वाचनको तयारी र आचार संहिता लागु भैरहेको बेला एक्कासी निर्वाचनलाई नै प्रभावित हुने गरी गुण्डा शैलीमा समिति पुन गठन गर्ने निकृष्ठ काम सचेत राजनैतिक दलले गर्न नसक्ने भन्दै स्थानीयले आज विहान विरोध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा यस्तो गैर मानवीय कार्य हुनु दुखद कुरा भएको विरामीका कुरुवाले बताए ।

क्यान्सरका बिरामीको उपचारका लागि आएको बजेटमा ब्रम्हलुट गर्ने, कर्मचारीको तलव भत्तामा समेत आँखा गाड्ने पदाधिकारीलाई अब क्यान्सर अस्पतालमा कुनै हालतमा प्रवेश गर्न नदिने भन्दै स्थानीयले अस्पताल परिसरमा रोक लगाएका छन् । नगरपालिकाको नेतृत्वमा रहेको समितिलाई पाखा लगाएर एकलौटी फेरी भ्रष्टाचार गर्न गुण्डा प्रयोग गरिनु गैर राजनैतिक कदम भएको स्थानीयले गुनासो गरेका छन् ।

अस्पतालमा भएकाे साे घटनाकाे रिपाेर्टिङमा गएका पत्रकारलाइ प्रहरीले राेकेकाे थियाे । पत्रकारलाइ राेक लगाउनु र त्याे जथ्थालाइ प्रवेश गर्न लगाइनुले प्रशासनकाे समेत मिलिमत्वमा साे घटना भएकाे आशंका गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.