भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गोलिकाण्ड भएको विद्यालयमा बाइडेनको भ्रमण

गोलिकाण्ड भएको विद्यालयमा बाइडेनको भ्रमण

काठमाडौं । केही दिन अघि गोलिकाण्ड मच्चिएको टेक्सस राज्यको विद्यालयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्रमण गरेका छन् । २१ जनाको ज्यान जानेगरी भएको सो नरसंहारको निरीक्षणका लागि उनी भ्रमणमा गएका हुन ।

राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले सो विद्यालयको भ्रमण गरेको अमेरिकी प्रशासन ह्वाइट हाउसले जनाएको छ ।

उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे भने उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

टेक्सस राज्यमा रहेको प्राथमिक विद्यालयमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो । गत मंगलबार दिउँसो भएको घटनामा मारिनेमा १८ जना बालबालिका समेत रहेका थिए ।

घटनामा कैयौँ घाइते भएका थिए । टेक्सस राज्यको युभाल्डेस्थित रोब प्राथमिक विद्यालयमा एकजना किशोरले गोली चलाउँदा उक्त घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.