भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोलिकाण्ड भएको विद्यालयमा बाइडेनको भ्रमण

गोलिकाण्ड भएको विद्यालयमा बाइडेनको भ्रमण

काठमाडौं । केही दिन अघि गोलिकाण्ड मच्चिएको टेक्सस राज्यको विद्यालयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्रमण गरेका छन् । २१ जनाको ज्यान जानेगरी भएको सो नरसंहारको निरीक्षणका लागि उनी भ्रमणमा गएका हुन ।

राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले सो विद्यालयको भ्रमण गरेको अमेरिकी प्रशासन ह्वाइट हाउसले जनाएको छ ।

उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे भने उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

टेक्सस राज्यमा रहेको प्राथमिक विद्यालयमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो । गत मंगलबार दिउँसो भएको घटनामा मारिनेमा १८ जना बालबालिका समेत रहेका थिए ।

घटनामा कैयौँ घाइते भएका थिए । टेक्सस राज्यको युभाल्डेस्थित रोब प्राथमिक विद्यालयमा एकजना किशोरले गोली चलाउँदा उक्त घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.