४ भदौ २०७७ रौतहट । माधवनारायण नगरपालिका, २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको छ ।
बुधबार साँझ पूजा सकेर खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानी भागेका थिए । गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताए । हत्याराको खोजी भैरहेको उक्त घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।
