भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण शुरु

गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण शुरु

रसुवा । पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्यचौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण शुरु भएको छ । हिउँद यामको अधिकांश समय हुने हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्नासाथ कोरोना सङ्क्रमणकै आशङ्का बढिरहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परीक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ ।

एन्टिजेन परीक्षणका लागि आफूले धुञ्चेस्थित जिल्ला अस्पतालबाट तालीम लिएको जनाउँदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्बु बोहोराले कुनै पनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताउनुभयो । उच्च क्षेत्रमा बसोबास गर्ने हिमाली बासिन्दा एवं आगन्तुक पर्यटकलाई पर्न सक्ने स्वास्थ्य समस्या स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्यचौकीबाट एन्टिजेन प्रविधिद्वारा कोरोना परीक्षणका साथै

अक्सिजन समेतको व्यवस्थापन भएको छ । लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वासप्रश्वासको समस्या स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्बा लामाले बताए ।

 


Thali Mobile Pvt.Ltd.