भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घाइतेलाई सेनाको हेलिकप्टरबाट कैलाली लगियो

घाइतेलाई सेनाको हेलिकप्टरबाट कैलाली लगियो

काठमाडाैं । बाढी, पहिरामा परेर जिल्लाका एक घाइते र प्यारालाइसिस रोगले ग्रस्त अर्का एक जना गरी दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि कैलाली लगिएको छ । चार दिन पहिले परेको अविरल वर्षासँगै घरमा पहिरो आउँदा घाइते भएका यहाँको दिपायल सिलगढी नगरपालिका–९ का माने आउजीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

पहिरामा परी आउजीको खुट्टा भाँचिएको छ । जिल्लाका जनप्रतिनिधिको आग्रहमा सुदूरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।

यसैगरी प्यारालाइसिस रोगले ग्रस्त भएका अर्का एक जना दिपायल सिलगढी नगरपालिका–६ का दीपक नेपालीलाई पनि उपचारका लागि सेनाकै हेलिकप्टरमार्फत कैलाली लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाढी, पहिराले सडक अवरुद्ध भएका कारण यहाँका घाइते तथा बिरामीलाई हेलिकप्टरमार्फत कैलाली पठाइएको हो ।

 


Thali Mobile Pvt.Ltd.