भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

घाइतेलाई सेनाको हेलिकप्टरबाट कैलाली लगियो

घाइतेलाई सेनाको हेलिकप्टरबाट कैलाली लगियो

काठमाडाैं । बाढी, पहिरामा परेर जिल्लाका एक घाइते र प्यारालाइसिस रोगले ग्रस्त अर्का एक जना गरी दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि कैलाली लगिएको छ । चार दिन पहिले परेको अविरल वर्षासँगै घरमा पहिरो आउँदा घाइते भएका यहाँको दिपायल सिलगढी नगरपालिका–९ का माने आउजीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

पहिरामा परी आउजीको खुट्टा भाँचिएको छ । जिल्लाका जनप्रतिनिधिको आग्रहमा सुदूरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।

यसैगरी प्यारालाइसिस रोगले ग्रस्त भएका अर्का एक जना दिपायल सिलगढी नगरपालिका–६ का दीपक नेपालीलाई पनि उपचारका लागि सेनाकै हेलिकप्टरमार्फत कैलाली लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाढी, पहिराले सडक अवरुद्ध भएका कारण यहाँका घाइते तथा बिरामीलाई हेलिकप्टरमार्फत कैलाली पठाइएको हो ।

 


Thali Mobile Pvt.Ltd.