भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बेजाेड प्रस्तुती: जस्ले चाेनाली बनिन् बिजेता

बेजाेड प्रस्तुती: जस्ले चाेनाली बनिन् बिजेता

काठमाडाैं । डियर टु डाँन्सको बेजोड प्रस्तुतीमा चोनाली तामाङ बिजेता बनेकी छन् । ग्यालेक्सी मल्टीमिडिया एण्ड इभेन्टस प्रालिकाे अायाेजनामा सेलिव्रेशन हाइट सुकेधारा काठमाडौमा सम्पन्न सिजन टुको फिनालीमा उनी सत्र जना प्रतिस्पर्धीलाई पछि पार्दै बिजेता बन्न सफल भएकी हुन ।

कडा र रोचक प्रतियोगीताबाटा फस्ट रनर अप मनोज तामाङ बन्न सफल भएका छन् भने सेकेण्ड रनर अपमा सोइसा लुइटेल बनेकी छन् । त्यसैगरी तेस्रो रनर अपमा अन्जली लामा र चौथो रनर अपमा सस्कृति श्रेष्ठ बनेकी छन् । विजेतालाई मेडल तथा प्रमाण पत्रका साथै एकलाख राशीको चेक हस्तान्त्रण गरिएको प्रतियोगितामा फस्ट रनर अपलाइ पचास हजारको चेक, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी थर्ड सनरअपलाइ बीस हजारको चेक, मेडल तथा प्रमाणपत्र दिइएको थियो । प्रतियोगीको प्रस्तुतीलाई निकै चाँसोकासाथ दर्शकले हेरिरहेका थिए । अडिसन राउडमा पाँच सय प्रतियोगिको सहभागिता रहेको थियो भने फाइनल राउडमा आँउदा सत्र जना बीच कडा प्रतिस्पर्धा भएको थियो ।

सम्पन्न सिजन टु का टाइटल बिजेताको जजमा प्रकाश भुजेल, विभग माइकल, सागर सोनी रहेका थिए । त्यसैगरी कोरियो ग्राफरमा गंगा लामा, सागर सोनी, लाक्पा दोर्जे तामाङ, सविना तामाङ र शुशिल घलेको महत्वपुर्ण भूमिका रहेको थियो । बिजेतालाइ ग्यालेक्सी मल्टीमिडिया एण्ड इभेन्टस प्रालिका सिइओ प्रकाश घले, फाउन्डर रस्मी हमाल, इभेन्ट डाइरेक्टर सुर्य कमल दाहालले बधाई दिएका थिए ।

प्रतियोगितामा सहयोगी सस्था तथा मिडिया पार्टनरहरूलाइ सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो । जजहरूकाे डान्स प्रस्तुतिले मन्त्र मुग्ध मात्रै बनाएन प्रतिस्प्रर्धीहरूले प्रदेश गएका श्रीमान देखि जन्म दिने अामाका कथा प्रस्तुत गरेपछि हजाराैं दर्शक राेएका पनि थिए ।

सरकार भेटियाे तर

न्याय नभेटिएकाे निर्मला पन्तकाे बलात्कार पछि हत्यकाे विषय पनि प्रस्तुतिमा समेटिएकाे थियाे । प्रतियाेगिले कला मार्फत देशकाे अार्थिक विकासका वारेमा पनि सचेत गराए । उनीहरूकाे प्रस्तुतिले दर्शकदिर्घामा मनाेरन्जन मात्र दिएन सम्वेदनशील्ता पनि थपेकाे थियाे ।

 


 


Thali Mobile Pvt.Ltd.