काठमाडौं । जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका हुन । जर्मनीको जलसेनाका प्रमुख के एचिम स्कोनब्याचले रुसले युक्रेनमाथि हमला गर्छ भन्ने कुरा बकवास भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान मात्र चाहेको बताएका थिए ।
भारतमा थिंक ट्याङ्कहरूको शुक्रबार भएको बहसमा उनले उक्त कुरा बताएका थिए । भिडियोमा उनले पुटिनलाई पश्चिमा देशहरूले सम्मानको व्यवहार गर्नुपर्ने बताएका थिए । उनले सन् २०१४ मा रुसले आफूमा गाभेको क्रिमिया अब फिर्ता नहुने पनि जिकिर गरेका थिए । अमेरिका र बेलायतलगायतका देशले युक्रेनलाई हतियार सहयोग गरे पनि जर्मनीले हालसम्म हतियार पठाउने युक्रेनको आग्रहलाई स्वीकार गरेको छैन । रुसले पनि युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ ।
