भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

झारफुककाे बहानामा झाक्रिले गरे एक महिलालाई बलात्कार

झारफुककाे बहानामा झाक्रिले गरे एक महिलालाई बलात्कार

३० साउन २०७७ सल्यान । झारफुक गर्ने बहानामा बलात्कार गर्ने एक झाक्रिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली (झाक्रि)ले झारफुक गरिदिन्छु भन्दै एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी परेकी भाउजु नाता पर्ने महिलालाई एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । आँफु बिरामी भएको र देवरले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडित महिलाले उजुरी दिएको प्रहरीले जनाएको छ ।

भनेको नमाने अनिष्ट निम्तिने भन्दै बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीको भनाई छ । आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानका लागी हिरासतमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.