भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

झुण्डिएको अवस्थामा युवक मृत फेला

झुण्डिएको अवस्थामा युवक मृत फेला

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–५ मा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान थलिस्थित बाटिकामा करिब २४ वर्षका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी प्रभाग थलीले जानकारी दिएको छ।

बिहान पानी लिन जाँदा स्थानीयले युवकलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउन लागिरहेको र युवकको पहिचान हुन बाँकी रहेको बताएकाे छ।

घटनास्थलमा उनको मोबाइल र चस्मासमेत फेला परेको छ। घटनाको अनुसन्धानपछि थप विषय खुल्ने प्रहरीको भनाई छ।

 


Thali Mobile Pvt.Ltd.