भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झुण्डिएको अवस्थामा युवक मृत फेला

झुण्डिएको अवस्थामा युवक मृत फेला

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–५ मा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान थलिस्थित बाटिकामा करिब २४ वर्षका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी प्रभाग थलीले जानकारी दिएको छ।

बिहान पानी लिन जाँदा स्थानीयले युवकलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउन लागिरहेको र युवकको पहिचान हुन बाँकी रहेको बताएकाे छ।

घटनास्थलमा उनको मोबाइल र चस्मासमेत फेला परेको छ। घटनाको अनुसन्धानपछि थप विषय खुल्ने प्रहरीको भनाई छ।

 


Thali Mobile Pvt.Ltd.