भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठूला नेतालाई २४ घण्टे स्पष्टिकरण माग

ठूला नेतालाई २४ घण्टे स्पष्टिकरण माग

काठमाडौं । मौन अवधिमा निर्वाचन आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभएको छ । आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा भएको बताउदै आयोगले विशेष सजगता अपनाएको बताएका हुन । आयोगले आचारसंहिता लागू भएयता हालसम्म उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि अर्यालले जानकारी दिए ।

७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन काार्यलय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षाको काम वैशाख ३० गते नगर्न अनुरोध आयोगलेगरेको सह प्रवक्ता अर्यालले बताए । आयोगले कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई समेत स्पष्टिकरण सोधेको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.