काठमाडौं । मौन अवधिमा निर्वाचन आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभएको छ । आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा भएको बताउदै आयोगले विशेष सजगता अपनाएको बताएका हुन । आयोगले आचारसंहिता लागू भएयता हालसम्म उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि अर्यालले जानकारी दिए ।
७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन काार्यलय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षाको काम वैशाख ३० गते नगर्न अनुरोध आयोगलेगरेको सह प्रवक्ता अर्यालले बताए । आयोगले कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई समेत स्पष्टिकरण सोधेको आयोगले जनाएको छ ।
