१० साउन २०७७ भक्तपुर । ठेकेदारमार्फत हुने विकास निर्माणका कार्यहरु कमजोर र गुणस्तरहीन हुने हुदा भक्तपुर नगरपालिकाले वातावरण र कला संस्कृति संरक्षणको लागि आवश्यक कानुन बनाइ अगाडि बढ्ने योजना बनाएकाे छ ।नगरपालिका वडा नंं ८ माहेश्वरीमा अवस्थि दुवेङ्क फल्चाको शिलान्यास गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले
यस्काताे बताएका हुन ।
भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा प्राप्त जनश्रमदान र आर्थिक सहयोगका कारण अनुमानित भन्दा आधा बजेटमा जीर्णोद्धार सम्पन्न भएको कुराकाे स्मरण गर्दै प्रमुख प्रजापतिले “सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षणमा भक्तपुर नपाले गरेको काम र शैलीबाट अरु स्थानीय तहहरुले सिक्न चाहेकाे बताए ।
भक्तपुर नपाको आ.व. २०७७-०७८ को वार्षिक बजेट रु. १ अर्ब ८२ करोड रहेको र बजेटका रकम नगरको विकास निर्माणमा प्रयोग हुनुका साथै नगर र नगरबासीहरुको हितमा प्रयोग हुने विचार व्यक्त गरे । भक्तपुरमा विकासका कार्य उपभाेक्ता समितिमार्फत धमाधम भैरहेका छन् ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै फल्चाको पुनःनिर्माण कार्य सुरु हुने बताए । फल्चा निर्माणको लागि जनश्रमदान र आर्थिक सहयोगको लागि नगरवासीलाइ आह्वान गरे । दुवेङ्के फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पाटीको पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत हुन लागेको जानकारी दिदै भक्तपुरमा पहिलेदेखि सम्पदा निर्माण जनश्रमदानमार्फत हुने गरेको स्मरण गरे ।
