भर्खरै : Sorry, your browser does not support inline SVG.

तपाईकाे वाईफाई चोरी भए नभएको थाहा पाउन जानी राखाैं यी तीन कुरा

तपाईकाे वाईफाई चोरी भए नभएको थाहा पाउन जानी राखाैं यी तीन कुरा

काठमाडौं । हामीले प्रयोग गर्ने इन्टरनेट कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्रो वाईफाईको कनेक्सन चोरेको कारणले पनि सुस्त हुन सक्छ । वाईफाई चोरी भएको थाहा पाउनका लागि केही उपायहरुको प्रयोग बारे जानकारी दिएका छौं ।

१. सबै भन्दा पहिले राउटर जाँच गर्ने
यो सबैभन्दा सजिलो प्रक्रिया हो । तपाईँले पक्कै पनि राउटरमा विभिन्न किसिमको बत्ती बलेको देख्नु भएको होला । यसको लागी पहिले आफ्नो सबै डिभाइसलाई डिस्कनेक्ट गर्नुपर्छ र त्यसपछि पनि बत्ती बलिनै रहेको छ भने कोही वाईफाईसँग जोडिएको छ भन्ने बुझिन्छ । तर यो प्रक्रियाले भने आफ्नो शङका प्रमाणित हुने मात्र हो । वाईफाई प्रयोगकर्तालाई रोक लगाउन भने सकिदैन् ।

२. आफ्नो डिभाइस राउटर लिस्ट जाँच गर्ने
राउटर लिस्ट भने राउटरको एडमिनिस्ट्रेटिभ कन्सोल भित्र पाइन्छ र यसको पहुँचमा भने हामी राउटर कन्सोलमा लग इन गरेर पुग्न सक्दछौँ । यसो गर्नका निम्ति आफ्नो वेभ ब्राउजरमा राउटरको आइपी ऐड्रेस हाल्ने र त्यहाँ एउटा पेजमा आफ्नो राउटर कुन कुन डिभाइस सँग कनेक्ट भएको छ भन्ने देखाँउछ । यो पेज ‘डिभाइस म्यानेजर या ‘कनेक्टेड डिभाइस’ भनेर देखाउँछ । यहाँबाट कुनै नचाहिने डिभाइसले पहुँच पाएको छ कि भन्ने थाहा हुन्छ । नेटवर्क मनिटरिङ् टूलले पनि थाहा पाउन सकिन्छ ।

३. वाईफाईलाई कसरी जोगाउने ?
वास्तवमै कसैले वाईफाईमा पहुँच पाएको छ भन्ने थाहा पाए पछि सबै भन्दा पहिले आफ्नो सेक्यूरिटी प्रोटोकल जाँच्नुपर्छ । यदि डब्लुईपी र डब्लुपीए जस्ता प्रोटोकल छन् भने तिनीहरुलाई नँया डब्लुपीएटू एइएससँग परिवर्तन गर्नुपर्छ ।यो गरेसँगै बलियो पासवर्ड पनि राख्नुपर्छ र हरेक दुई महिनामा परिवर्तन गरिरहनुपर्छ । जसले गर्दा कसैले वाईफाईमा पहँुच पायो भने दुई महिना पछि पाउने छैन ।

 


Thali Mobile Pvt.Ltd.