भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने : अमेरिका

तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने : अमेरिका

काठमाण्डौ । तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल अमेरिकाले नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो । अफगानिस्तानमा हजारौँ नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ ।

प्रतिबन्धका कारण अवस्था झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ । प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ । २० वर्षपछि अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले गएको महिना अफगानिस्तानमा कब्जा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.