भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन ९प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा रहने जनाएको हो ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ । साथै, विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरुलाई छ दिन नै सञ्चालन गर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.