भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग साढे ९ घन्टा

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग साढे ९ घन्टा

दिल्ली । मुख्यमन्त्री अरविन्द केजरीवाललाई सिबिआईले आइतबार बयान लिएको छ । मदिरा घोटाला मामिलामा सिबिआईले साढे ९ घन्टासम्म सोधपुछ गरेको हो ।

सञ्चारमाध्यमहरूसँग कुरा गर्दै केजरीवालले सिबिआईले आफूलाई पूरा सम्मानका साथ प्रश्नहरू सोधेका बताए । मदिरा नीतिका बारेमा ५६ वटा प्रश्न सोधेको थियो ।उनले आफूलाई सिबिआईले फेरि बोलाउँछ कि बोलाउँदैन भन्नेबारे थाहा नभएको सुनाए ।

गत फागुनमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई प्रहरीले भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो ।

सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको ‘एक्साइज’नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआईले सिसोदियालाई पक्राउ गरेको हो।

 


Thali Mobile Pvt.Ltd.