भर्खरै : Sorry, your browser does not support inline SVG.

दूधको दूध पानीको पानी गर्ने दिन आउलान्की

दूधको दूध पानीको पानी गर्ने दिन आउलान्की

सालसँगै समय जान्छ महिना वर्ष गया
लोभ–पाप्मै जुहारी गर्छन् मान्छे बिग्री गया
आफैमा अहंकार राखी मनमा पार्ने गाँठो
अर्काको उपदेश पनि हुन्छ यिनलाई नाटो

तँ जसो अरु कोही छैन भनी दिनु पन्र्या
बोल्नेकै जीत हुन लाग्यो उल्टोपुल्टो बोलन्या
त्यो तिम्रो गल्ति हो भन्दा आगो जस्तो पोल्ने
संसारमै कम मान्छे हुन्छन् मनका कुरा खोल्ने

अर्कालाई दोषी हौ भन्ने आफ्नो जसोतसो
ढोग्नै पर्ने पूज्नै पर्ने यो संस्कार हो कसो
अर्काको लोचना गर्ने आफ्नो ठीकै भन्ने
काम पर्दा सक्दैन भन्ने विरामी भइ कन्ने

मान्छे कोही भेषदारी भया कोही भया गफाडी
सुझबुझ गरी काम नगर्दा पाउना छन् झपाडी
लोभ गर्ने पाप पनि गर्ने,अल्छी पनि गर्ने
काम गर्ने भ्यागुत्तो उफ्राइ कुरा चन्द्र छुने

मन्दिरका पुजारी हुने भेटी नै लुकाउने
मूर्ख भन्ने त्यस्ता हुन्छन् कमजोरलाई झुकाउने
कोही रुस्ने केटौले बानी कोही मनमा राख्ने
आनीबानी खराब हुन्छ पाक्दै तिहुन चाख्ने

समाजको प्रगति छैन जाँड रक्सी खानाले
व्यक्तिवादी बाटो लिए देशका नेतृत्वले
न तरकारी मीठो भयो न बारीमा रह्यो
दाउनी फाउनी गर्ने धेरै सोझालाई धौ भयो

कुराले आदर्शवादी कामले जसो पनि
धेरैले मनचाहिनु गर्छन् कुरा एउटा भनी
दूधको दूध पानीको पानी गर्ने दिन आउलान्की
इमान्दार र कमजोरीले सु दिन काहीँ पाउलान्की

हेलो आईको संस्कार बस्यो आदर्शका कुरा
कोरा गफ र कल्पनाले काम हुँदैन पूरा
मूर्खले मोहनी लाउने बगलीमा छुरा
काहीँ दलाली काहीँ जाँड रक्सी युवा बुज्रुक कुरा

कसैको नगरौं प्रेइज नलगाऊ दोषेरी
सबैतिर सुल्टो पार्न चाहिन्छ होसियारी
आफैंले सुध्रिनु पर्छ सुधार गर्ने भया
पछि त पछुतो हुन्छ अबसर गै गया

खेल खेल्नु अपराध गर्नु अर्कालाई फसाउनु
एक आपसमा गर्ने होइन सत्रुलाई हसाउनु

 


Thali Mobile Pvt.Ltd.