भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोलखाको भीमेश्वर नगरपालिकाकामा घरदैलोमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन माग

दोलखाको भीमेश्वर नगरपालिकाकामा घरदैलोमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन माग

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका पशुपालक किसानहरूले पशुको कृत्रिम गर्भाधान सेवा घरदैलोमै उपलब्ध गराउन माग गरेका छन् । कृत्रिम गर्भाधानका लागि जिल्लामा रहेको पशु अस्पताल अथवा नगरपालिकाको पशु शाखामा बस्तुभाउ पु¥याउन कठिन हुने भएको भन्दै उनीहरूले घरदैलो सेवाको माग गरेका हुन् । गर्भाधानको समय भएका पशुलाई नियन्त्रण गरी पशु अस्पताल वा नगर पशु शाखामा पुर्‍याउन कठिन भएपछि महँगो शुल्क तिरी घरदैलोमा प्राविधिक बोलाएर कृत्रिम गर्भाधान गराउनु परेको भीमेश्वर नगरपालिका वडा नम्बर–८ आहालडाँडाका पशुपालक किसान कृष्ण श्रेष्ठले गुनासो गरे ।

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र चरीकोटका प्राविधिकहरूले कार्यालय समयबाहेक अन्य बेला दूरी हेरेर घरदैलोमा पशु उपचार गर्न १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म कृत्रिम गर्भाधान सेवाशुल्क लिने गरेको स्थानीय पशुपालक बताउँछन् । नगरपालिकाले निःशुल्क कृत्रिम गर्भाधान गरिदिने भने पनि पशुलाई नगर पशु शाखासम्म पु¥याउन कठिन भएका कारण घरमै प्राविधिक बोलाएर पशुको कृत्रिम गर्भाधान गराउनु परेको भीमेश्वर नगरपालिका वडा नम्बर ६ की रमा न्यौपानेले बताइन् । स्थानीय तहले पशु प्राविधिकको दरबन्दी बढाएर भए पनि घरदैलोमै निःशुल्क कृत्रिम गर्भाधान सेवा नदिए किसानहरू महँगो शुल्क तिर्न बाध्य भइरहने भीमेश्वर नगरपालिका वडा नम्बर ४ का पशुपालक व्यवसायी रामहरि सुवेदीले बताए ।

कृत्रिम गर्भाधानका लागि ल्याइएका पशुलाई सिमेनको २५ र टिकटको दस रुपैयाँबाहेक कुनै शुल्क नलिइने दाबी भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चरीकोटका निमित्त प्रमुख पलट चौधरीको भनाइ छ । उनले भने, ‘तर, कार्यालय समयबाहेक किसान र प्राविधिकको आपसी सहमतिमा लिइने शुल्कबारे कार्यालयलाई जानकारी हुँदैन ।’

 


Thali Mobile Pvt.Ltd.