भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोलखामा चार हजार नयाँ मतदाता

दोलखामा चार हजार नयाँ मतदाता

चरिकोट, । आगामी निर्वाचनका लागि दोलखा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा करिब चार हजार मतदाता थपिएका छन् । कार्यालयले जिल्लाको नौ ओटै स्थानीय तहमा सञ्चालन गरेको नामावली सङ्कलन अभियानमा तीन हजार ९१९मतदाता थप भएको हो ।

जिल्लाको नौ ओटै स्थानीय तहमा गत मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म दुईचरणमा गरिएको नामावली सङ्कलनमा दुई हजार ८८ पुरुष र एक हजार ८३१ महिला थपिएको कार्यालयका निमित प्रमुख विशाल केसीले बताए । स्थानीय तहमध्ये बिगु गाउँपालिकामा सबैभन्दा बढी ९८९र कालिञ्चोकमा सबैभन्दा कम १३९ जना थपिएका थिए ।

जिल्लामा २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा महिला ७५ हजार ३८४ र पुरुष ७५ हजार ८११ जना गरी एक लाख ५१ हजार १९५ मतदाता थिए । त्यसपछि अभियान सङ्कलन सुरु गर्दासम्म एक लाख ५७ हजार १४१ जना पुगेका छन् भने चार हजार १५९ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउन छुट भएका नागरिकको हकमा निर्वाचन आयोगबाट निर्देशन जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई दर्ता गराउन सकिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.