भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट

धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट

बलेवा, । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयमध्ये बागलुङमा रहेको धवलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा औषधालय प्रथम भएको हो । औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्याङ्कनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो ।

औषधालयले १०० पूर्णाङ्कमा ८० दशमलव आठ अङ्क प्राप्त गरेको थियो । दोस्रो भएको जिल्ला आर्युवेद औषधालय स्याङ्जाले ७६ दशमलव छ र तेस्रो भएको कास्की आर्युवेदिक औषधालयले ७५ दशमलब छ अङ्क प्राप्त गरेका छन् । वार्षिक समीक्षा कार्यक्रममा औषधालयलाई पुरस्कृत गरिएको थियो । “कामको मूल्याङ्कन भएको छ, हामीलाई थप जिम्मेवार भएर काम गर्ने हौसला थपियो”, औषधालयका प्रमुख डा सरोजकुमार रायले भन्नुभयो, “हामीले यो स्थानलाई कायम राख्ने गरी काम गर्नेछौँ ।

” औषधालयले कोभिड महामारीको समयमा गाउँ–गाउँमा पुगेर औषधि वितरणदेखि योग तथा ध्यानसम्बन्धी प्रशिक्षण चलाएको थियो । मासिक कार्यसम्पादनको बुलेटिन तयार गर्ने धवलागिरि आर्युवेदिक औषधालय गण्डकी प्रदेशको पहिलो हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.