१७ साउन २०७७ भारत । पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । अमृतसर, बटाला र तरन तारणमा नक्कली रक्सी पिएका ३८ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।
रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न र घटनामा संलग्नलाई कडा कारबाही गर्न मुख्यमन्त्री अमरिन्दर सिंहले निर्देशन दिएका छन् । यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्यान गएको छ ।
रक्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
