भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नदीमा नुहाउन जादा बाँकेमा एकजनाको मृत्यु

नदीमा नुहाउन जादा बाँकेमा एकजनाको मृत्यु

बाँके । बाँकेमा नुहाउने क्रममा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको हो । घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।

नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएपनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले उल्लेख गरेको छ । साहानी बिहान नदीमा नुहाउन गएका थिए ।

 


Thali Mobile Pvt.Ltd.