‘नरहे यो जिन्दगी’

‘नरहे यो जिन्दगी’

काठमाडौँ । प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले नरहे यो जिन्दगी बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ ।

गीतलाई मानसी किरणले संगीतवद्द गरेका हुन् । यस म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। दिनेश पराजुलीले छायांकन गरेको यो भिडियोको भीमा लोहार निर्मात्री रहेको र उत्तर राना मगरले सम्पादन गरेका हुन ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

गोलो प्रडक्शन मार्फत भिडियो सार्वजनिक गरिएको छ । गायिका गजमेरले स्वरादि गीति संग्रह, फुलसरी माया फुल्योु, माया मोहनी लगायत थुप्रै म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.