भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नाफामा हिमालयन रि इन्स्योरेन्स

नाफामा हिमालयन रि इन्स्योरेन्स

काठमाडौं । गत वर्ष असार १७ गतेबाट सञ्चालित हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तिम त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

तेस्रो त्रैमासी सम्ममा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ मुनाफा हासिल गरेको थियो । यो अवधिमा कम्पनीले ७७ करोड १७ लाख ९५ हजार रुपैयाँ बिमा शुल्क बापत आम्दानी गरेको छ भने ३ करोड ३७ लाख ३९ हजार रुपैयाँ दाबि भुक्तानि समेत गरिसकेको छ ।

७ अर्ब चुक्त्ता पूूँजी भएको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख ८९ हजार रुपैयाँ सञ्चित छ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.