भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सम्पन्न

निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सम्पन्न

भक्तपुर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सञ्चालन गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बुहप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि, शारदा क्याम्पस मावि र शारदा क्याम्पसको आयोजनामा भएको निःशुल्क प्याप स्मेयर परीक्षण तथा स्त्री रोग परीक्षण शिविर सम्पन्न गरेको हो ।

कार्यक्रमका भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विभिन्न रोगहरुबाट बच्न समय–समयमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिदै शिविरमा निःशुल्क औषधीहरु समेत वितरण गरिने जानकारी दिए । कार्यक्रममा महिला रोग विशेषज्ञ डा. रीना श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सरले विद्यमान रुप लिइरहेको बताउँदै पाठेघरको मुखमा समस्या भए÷नभएको समयमै परीक्षण गरी सम्भावित क्यान्सर रोगबाट बच्न सकिने बताइन ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका कर्मचारी तथा शिक्षिकाहरु, क्यान्सर अस्पताल नर्सिङ इन्चार्ज लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । शिविरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा कार्यरत महिला कर्मचारी तथा शिक्षिकाहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.