भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य | आफ्नो पीडा भुलेर नागरिक बचाउन अहोरात्र खटिँदै नेपाल प्रहरी | ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो |

निर्वाचन आयोगले तोक्यो ४१ वटा दललाई ५० हजार रुपैयाँको जरिबाना

निर्वाचन आयोगले तोक्यो ४१ वटा दललाई ५० हजार रुपैयाँको जरिबाना

काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दललाई ५० हजारका दरले जरिबाना तोकेको छ । लगातार तीन वर्षसम्म समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने ४१ वटा राजनीतिक दललाई ५० हजार रुपैयाँका दरले जरिबाना तोकेको हो । अखण्ड नेपाल पार्टी, नागरिक पार्टी, राष्ट्रिय चुरे भावर पार्टी, सङ्घीय लिम्बुवान नेपाल राष्ट्रिय जनता दल नेपाल लगायतले लगातार तीन वर्षसम्म पनि लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा नबुझाएको निर्वाचन आयोगले जनाएको छ ।41_Political_parties

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई आयोगले गएको वैशाख ७ गते सफाइसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएकोमा पाँच वटा दलले मात्रै बुझाएका थिए । प्रतिवेदन नबुझाउने ४१ वटा दललाई पुनः सात दिनको समय दिँदा पनि अटेरी गरेकाले दल सम्बन्धी ऐन २०७३ को दफा ५४ अनुसार ५० हजार रुपैयाँका दरले जरिबाना तिराउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । ४१ वटा दलले ३० दिनभित्र ५० हजार रुपैयाँका दरले जरिबाना तिरेमा ६ महिनाभित्र उनीहरुले गरेका अन्य गल्ती सच्याउने मौका दिइने पनि आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.