‘निलो कुर्ताले’ सार्वजनिक

‘निलो कुर्ताले’ सार्वजनिक

काठमाडौँ । गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश निलो कुर्ताले बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन् ।

शिशिर तामाङ (छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

Mohotsav


Thali Mobile Pvt.Ltd.