भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नेकपा तनाव : सचिवालय बैठकमा ओलीको सहभागिता ढुलमुले

नेकपा तनाव : सचिवालय बैठकमा ओलीको सहभागिता ढुलमुले

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले सहमति खोज्ने प्रयासमा दुई दिन बैठक स्थगित गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो अडानमा टसमस गरेका छैनन् ।

अध्यक्षलाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपामा विवाद साम्य हुनुको सट्टा झन झन चर्किदै छ । शुक्रबार दिनभरजसो नेताहरुले अनौपचारिक छलफल गरेपनि सकारात्मक बाटोमा जान सकेको छैन । पार्टीभित्र अल्पमतमा परेकाले प्रधानमन्त्री सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

तर केपी पक्षले भने बैठकमा नै सहभागी नहुने रणनीति अख्तियार गरेको जनाएको छ । बुधबारको बैठकमा सहभागिता नजनाका ओलीले आजको बैठकमा पनि उपस्थित हुने कि नहुने कुनै निश्चित छैन । प्रचण्डले बैठकबाटै सहमति खोज्नुपर्ने अडान कायम राखेका छन् ।
दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.