भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

नेपाल कम्युनिस्ट पार्टी दैलेखले विभिन्न ठाउँमा गर्यो राहत वितरण

नेपाल कम्युनिस्ट पार्टी दैलेखले विभिन्न ठाउँमा गर्यो राहत वितरण

दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका विभिन्न ठाउँमा वाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । आज ठाँटीकाँध गाउँपालिका बडानं ४ गैरेगाउँका टीकाराम कठायत, दान बहादुर कठायत, बल बहादुर नेपाली, लिला नेपाली, कर्ण बहादुर कठायत, रण बहादुर शाही र मन बहादुर विकलगायतलाई राहत वितरण गरेको हो ।

यस्तै आठबीस नगरपालिका वडा नं. १ सात्तलाका केशब नेपाली, कुल बहादुर विक, हर्क बि।क, माहादेव खनाल र चुर्कुलो बि।क त्यस्तै चामुन्डा विन्द्रासैनी नगरपालिका वडा नं. ७ लयाँटी बिन्द्रासैनीका जगतशाही, मोती शाही, जनक शाही, धिर बहादुर शाही र वडा नं. ९ का भुपेन्द्र शाहीलगायतका बीस घरधुरीका परिवारलाई राहत वितरण गरेको हो ।

पीडित परिवारलाई चामल, दाल तथा तेल वितरण गरेको नेकपा दैलेखले जनाएको छ । गत भदौ २ गते अविरल वर्षाका कारण दैलेखका विभिन्न ठाउँमा बाढी पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । पार्टीमाथिको सत्तासिन नेकपाले लगाएको राजनैतिक प्रतिबन्धकाबीच पनि राहत वितरण गरेको हो ।

पीडित प्रत्यक परिवारलाई ३० केजी चामल, दाल र तेल वितरण गरिएको हो । यस्तै केहि समय अघि कोभिड–१९ संक्रमण बढ्न सक्ने भन्दै नेकपा दैलेखले जिल्लाका विभिन्न ठाउँमा सेनिटाईजर र मास्क वितरण गरेको थियो । राहत वितरणले जनता र पार्टीको सम्बन्ध थप प्रगाढ हुदै गएको नेकपा दैलेखका ईन्चार्ज दिपेन्द्रले बताए ।

 


Thali Mobile Pvt.Ltd.