भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाली सेनाले ‘लघु चलचित्र प्रतियोगिता २०७९’ संचालन गर्दै, फर्म वितरण कार्तिक १४ गतेदेखि

नेपाली सेनाले ‘लघु चलचित्र प्रतियोगिता २०७९’ संचालन गर्दै, फर्म वितरण कार्तिक १४ गतेदेखि

काठमाडौं । राष्ट्रिय सुरक्षाको अभिभारा बोकेको नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दैछ । सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी लघु चलचित्र  प्रतियोगिता आयोजना गरिएकाे हाे ।

२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको भन्दै नेपाली सेनाले यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता दिदै प्रतियोगिताको ११ औं संस्करण गर्न लागेको जनाएकाे छ ।

लघु चलचित्र प्रतियोगितामा भाग लिन ईच्छुक व्यक्ति तथा संघ–संस्थाले नेपाली सेना सम्बन्धि रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषयवस्तुहरुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने बताएकाे छ ।

साथै, उक्त प्रतियोगिता सम्बन्धि जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाईट (www.nepalarmy.mil.np) र सेनाको फेसबुक पेजमा समेत फर्म राखिएको जनाएको छ ।

२०७९ कार्तिक १४ गतेदेखि फर्म वितरण गरिने छ भने फर्म बुझ्ने अन्तिम कार्तिक १८ गतेसम्म तोकिएको छ । कार्तिक २४ गते अन्तरक्रिया कार्यक्रम समेत राखेको छ । २०७९ मंसिर २६ गतेदेखि २८ गतेसम्म कार्यालय समयमा जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा स्क्रिप्ट बुझाउनु पर्ने निर्देशनालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.