भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पत्रकार तथा गायिका शारदा थापाको ‘गाउँ सहर’

पत्रकार तथा गायिका शारदा थापाको ‘गाउँ सहर’

काठमाडौं । पत्रकार एवं गायिका तथा समाचार वाचिका शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

पत्रकारितामा व्यस्त थापा व्यस्तताकैबीच गीत संगीत सार्वजनिक पनि गरिरहेकी छन् । यस भन्दा पहिला निकालेकाे म्यूजिक भिडियाेमा पत्रकार बिनोद विकको शब्द तथा संगीत संयाेजन रहेको तीत गीत ‘सारी फरर’ पनि निकै चलेको थियो । यसपालीको तीज गीत पनि निकै राम्रो रहेको छ । यसपालिको ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ।

कोरोना महामारीका कारण बजार अस्तवेस्त भएपनि थापाको तीज गीत सार्वजनिक भएपछि थापाका फयानहरु हर्षित भएका छन् । सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् । गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काको रहेको छ भने भने सम्पादन अमृत चापागाईले गरेका छन् ।
आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गीत हेर्न यहाँ थिच्नुहोस्…

 


Thali Mobile Pvt.Ltd.