भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पनौती नगरपालिका वडा १ र २ को मतगणना सुरु

पनौती नगरपालिका वडा १ र २ को मतगणना सुरु

पनौती । स्थानीय तहको निर्वाचनअन्तर्गत पनौती नगरपालिका वडा नं. १ र २ को मतगणना सुरु भएको छ । पनौती नगरपालिकाको कार्यालयमा मतगणना सुरु भएको हो ।

पनौती वडा १ रयालेमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदमा जय कुमार तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वीरमान तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुकुमान तामाङले प्रतिस्पर्धा गरेका छन् ।

त्यसैगरी पनौती नगरपालिका वडा २ कुसादेवीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पुरुषोत्तम अधिकारी, नेपाली काँग्रेसको तर्फबाट पुष्पराज बोलखे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट नारायण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाल कृष्ण अधिकारी र उन्‍नत लोकतन्त्र पार्टीका तर्फबाट केशव कुमार श्रेष्‍ठले प्रतिस्पर्धा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.