भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पहिरो जाँदा पोखरा–बाग्लुङ राजमार्गको कृषि सडक खण्ड

पहिरो जाँदा पोखरा–बाग्लुङ राजमार्गको कृषि सडक खण्ड

कास्की । बाग्लुङ बसपार्कदेखि जामुनाबोट–मेथलाङ हुँदै नौडाँडा जोड्ने कृषि सडक खण्ड पाँच दिनदेखि अवरुद्ध भएको छ । पोखरा महानगरपालिका–१८ गैरीस्वारा भिरमा गएको पहिरोेका कारण यो सडक खण्ड असार १७ गते रातिदेखि अवरुद्ध भएको हो ।

गैरीस्वाराको जङ्गलबाट ठूलो चट्टानसहित खसेको पहिरोेले लगभग एक सय मिटर सडक ढाकेको पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

सडक पूरै चट्टानले ढाकेको छ, पन्छाउँदा माथिल्लो क्षेत्रमा चर्केको अवस्थामा रहेको जङ्गलसहितको भाग खस्ने उच्च जोखिम छु, उहाँले भन्नुभयो, महानगरका मेयर धनराज आचार्यसहितको प्राविधिक टोलीले स्थलगत अध्ययनपछि सडक सञ्चालन गर्ने प्रयास शुरु गरिने छ ।

पोखरा महानगरपालिकाको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको पोखरा–बाग्लुङ राजमार्गको नौडाँडा जोड्ने करिब २० किलोमिटर दूरीको कृषि सडक एकतर्फी नालासहित कालोपत्र भइरहेको छ ।

लामो समयसम्म पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्दा स्थानीय उत्पादनको बिक्री वितरणका लागि पोखरा बजारसम्म आवतजावतमा समस्या परेको स्थानीय बासिन्दाले बताएका छन् ।

त्यही राति चङ्खपुरको समरखुमा गएको पहिरोका कारण अवरुद्ध भएको लेकसाइड–पामे–घाटीछिना सडक भने सञ्चालनमा आइसकेको वडाअध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

 


Thali Mobile Pvt.Ltd.