पहिरोसंगै खसेको ठूलो ढुङ्गाले मुस्ताङ जाने सडक अवरुद्ध

पहिरोसंगै खसेको ठूलो ढुङ्गाले मुस्ताङ जाने सडक अवरुद्ध

६ साउन २०७७ पर्वत । पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कुस्मा नगरपालिका–२ खुर्कोटमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बागलुङ, म्याग्दीबाट पर्वत र पोखराका लागि छुटेका सवारी तथा पोखरा र पर्वतबाट बागलुङ र म्याग्दीका लागि हिँडेका सवारीहरू पहिरो गएको स्थानको दुबैतर्फ रोकिएका छन् । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोसँगै खसेको ठूलो ढुङ्गालाई एक्स्काभेटर सहायताले हटाउन नसकिएको र ब्रेकरले फुटाउनुपर्ने भएकाले सडक सञ्चालनमा आउन समय लाग्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.