भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

पाँच दलिय गठबन्धनलाई पानीमूनी गएपनि नछोड्ने एमाले अध्यक्ष ओलीको चेतावनी

पाँच दलिय गठबन्धनलाई पानीमूनी गएपनि नछोड्ने एमाले अध्यक्ष ओलीको चेतावनी

भक्तपुुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनलाई पानीमूनी गएन नछोड्ने बताएका छन् । शिनिबार भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलिय गठबन्धनलाई कुनै पनि हालतमा तह लगाउने बताएका हुन । उनले अबको चुनावले सबैलाई ठेगान लगाउने बताउदै पाँच दलीय गठबन्धन स्वाथको पुलिन्दा भएको तर्क गरे । महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएको भएपनि नेपालमा पाँच वर्षमा निर्वाचन हुने व्यवस्था भएकाले सबैलाई ठेगान लगाईदिने चेतावनी दिए ।

उनले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको भन्दै अबको एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि देउवा नेतृत्वको सरकार हट्ने तर्क गरे । अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप समेत लगाए । उनले चुनावमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी तयारी अवस्थामा रहेको दाबी गरे । नगर अस्पतालका लागि पाँचवटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरिएका हुन ।

अरनिको राजमार्गसँगै जोडिएको नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरिएको छ । नगरपालिकाको आठ करोड र सांसद विकास कोषको रु ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शय्याको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शय्या हुँदै १०० शय्यासम्म पुर्‍याउने लक्ष्य रहेको जनाइएको छ । भिडियाे हेर्नुहाेस् ….

 


Thali Mobile Pvt.Ltd.