भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काभ्रेपलाञ्चोकमा ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह (भिडयो सहित )

काभ्रेपलाञ्चोकमा ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह (भिडयो सहित )

काभ्रे । काभ्रेमा स्थानीय तह निर्वाचन २०७९ को सम्पूर्ण तयारी पुरा भएको छ । काभ्रको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तह निर्वाचन २०७९ को सम्पूर्ण तयारी पुरा भएको कैलाश खबर डटकमलाई जानारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका सबै मतदन केन्द्रमा पाण्डे आवश्यक सबै वन्दोवस्त भइसकेको बताउनुभयो । उहाँले ३ सय ८१ मतदान केन्द्रमा कर्मचारीहरु खटाईसकिएको र सुरक्षाका सम्पूर्ण तयारी पुरा गरिकिएको बताउदै विभिन्न स्थानमा अनुगमन गर्दै आवश्यक तयारी पुरा गरिएको जानकारी दिनुभयो ।

विगतमा घटेका घटनाहरुलाई मध्यनजर गर्दै मतदाताहरुलाई १३ वटै पालिकामा ढुक्क भएर मतदान गर्ने वातावरण निर्माण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । प्रतिकुल मौसमले पनि असर नगरोस् भन्नका लागि सुरक्षित मतदान केन्द्र स्थानपना भएकाले मौसमले प्रतिकुलता देखाएपनि प्रतिकुल नहुने गरि व्यवस्था मिलाईको उहाँले जानकारी दिनुभयो । मदान सकिएपछि मतगणना गर्ने स्थाललाई समेत तयारि अवसरमा राखिएको र सीसीक्यामेरा जडान गर्ने कार्य पनि सकिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । (भिडयो …..)

 


Thali Mobile Pvt.Ltd.