२९ असार २०७७ बाँके । प्रदेश पाँचको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय सार्वजनिक गरेको छ । हालै सम्पन्न नगरसभाले सर्वसम्मत निर्णय पारित गर्दै कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो ।
आदिवासी, जनजाति, पिछडिएको वर्ग र समुदायको सेवा सुविधाका लागि पनि कोलपुरलाई कर्णाली प्रदेशमा गाभ्नु उपयुक्त भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको कोलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।
‘नगरवासीको माग अनुसार नै यस्तो निर्णय गरिएको हो । एक लाख जनताले पहिल्यैदेखि नै उठाएको माग यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरेको उनको भनाई छ । कर्णाली प्रदेशमा सामेल भएपछि मात्र ‘कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्धले न्याय पाउने नगरवासीको माग छ ।
प्रदेश ५ संग धेरै टाढाको सम्वन्ध रहेकाले साथित्वको सम्वन्ध भने रहरिहने मेयरको भनाई छ । नगरपालिकाको निर्णय प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई जानकारी दिएको छ । कर्णाली प्रदेशमा गाभिनु अघि कित प्रदेश पाँचको राजधानी दाङ हुनु पर्ने नभए नेपालगन्जलाई राजधानी बनाउनु पर्ने उनीहरुको माग छ ।
यी दुइमध्य जुन ठाउँमा राजधानी तोके पनि स्वीकार्य हुने भन्दै यो दुइवटै नभए कर्णाली प्रदेशमा स्वत स्फुर्त गाभिने लिखित निर्णय कोलपुर नगरले गरेको हो । साढे दुई वर्ष पूरा भइसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्न नसकेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएको नगरले जनाएको छ ।
