भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

प्रदेश पाँच छोडेर कर्णाली प्रदेशमा गाभिने कोहलपुर नगरपालिकाको अजिव निर्णय

प्रदेश पाँच छोडेर कर्णाली प्रदेशमा गाभिने कोहलपुर नगरपालिकाको अजिव निर्णय

२९ असार २०७७ बाँके । प्रदेश पाँचको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय सार्वजनिक गरेको छ । हालै सम्पन्न नगरसभाले सर्वसम्मत निर्णय पारित गर्दै कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो ।

आदिवासी, जनजाति, पिछडिएको वर्ग र समुदायको सेवा सुविधाका लागि पनि कोलपुरलाई कर्णाली प्रदेशमा गाभ्नु उपयुक्त भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको कोलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

‘नगरवासीको माग अनुसार नै यस्तो निर्णय गरिएको हो । एक लाख जनताले पहिल्यैदेखि नै उठाएको माग यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरेको उनको भनाई छ । कर्णाली प्रदेशमा सामेल भएपछि मात्र ‘कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्धले न्याय पाउने नगरवासीको माग छ ।

प्रदेश ५ संग धेरै टाढाको सम्वन्ध रहेकाले साथित्वको सम्वन्ध भने रहरिहने मेयरको भनाई छ । नगरपालिकाको निर्णय प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई जानकारी दिएको छ । कर्णाली प्रदेशमा गाभिनु अघि कित प्रदेश पाँचको राजधानी दाङ हुनु पर्ने नभए नेपालगन्जलाई राजधानी बनाउनु पर्ने उनीहरुको माग छ ।

यी दुइमध्य जुन ठाउँमा राजधानी तोके पनि स्वीकार्य हुने भन्दै यो दुइवटै नभए कर्णाली प्रदेशमा स्वत स्फुर्त गाभिने लिखित निर्णय कोलपुर नगरले गरेको हो । साढे दुई वर्ष पूरा भइसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्न नसकेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएको नगरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.