भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण नगर्न संसदीय समितिको सुझाव

प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण नगर्न संसदीय समितिको सुझाव

काठमाडौं । पाँच दलीय गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने सहमति भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको हुन लागेको अमेरिका भ्रमणको बेला कार्यक्रममा सहभागी हुने तर कुनै सम्झौता, समझदारी नगर्ने सहमति भएको बताइएको हो ।

त्यस्तै नेपालको संसदले एमसीसी परियोजना पास गरेसंगै अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि संसदीय समितिले प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न सुझाव दिएको छ ।

संसदीय समितिले प्रधानमन्त्री देउवालाई भ्रमण नगर्न सुुझाव दिएपनि गठबन्धन सम्बद्ध दलहरुको बैठकबाट भ्रमणमा जाने अनुमोदन गराएका छन् । भ्रमणबारे जानकारी लिन प्रतिनिधि सभा अन्तरगत अन्तराष्ट्रिय सम्बन्ध समितिले भ्रमणबारे जानकारी लिन बोलाएकोमा प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा समेत सहभागी भएनन् ।

 


Thali Mobile Pvt.Ltd.