भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

प्रधानमन्त्री प्रचण्ड सेनाको हेलिकप्टर बाट जाजरकोटमा, भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै

प्रधानमन्त्री प्रचण्ड सेनाको हेलिकप्टर बाट जाजरकोटमा, भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै

जाजरकोट । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट पुगेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी परिचालन गर्दै नेपाली सेनाको स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका हुन्।

नेपाली सेनाको हेलिकोप्टरबाट गएको टोलीले उपचार थालेको छ । सोही हेलिकोप्टरमा घाइतेहरूको उद्दार गरी वीरेन्द्रनगर ल्याइएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले तत्काल उद्दारको लागि सबै संयन्त्र परिचालन गर्ने र आवश्यक राहत सामग्री पठाउने निर्णय गरेको छ । भूकम्पबाट भएको क्षतिको विषयमा प्रधानमन्त्री दाहालले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारबाट जानकारी लिंएका छन् ।

 


Thali Mobile Pvt.Ltd.