भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उहाँले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजÞमेरी डिकार्लोसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ्रमण सम्पन्न गरी असार १३ देखि संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ । प्रधानसेनापति शर्मा भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.