भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा ७.१ म्यानिट्यूडको शक्तिशाली भूकम्पका कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ ।

राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो। अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ।

भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.