भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

बजार क्षेत्रका बिद्यालय भोलीबाट बन्द

बजार क्षेत्रका बिद्यालय भोलीबाट बन्द

खलंगा । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं १ र ५ का विद्यालय भोलीबाट बन्द हुने भएका छन् । १६ जना कोरोना संक्रमित थपिएपछि भोली देखि बजार क्षेत्रका बिद्यालयहरु अर्को निर्णय नभएसम्मका लागि बन्द हुने भएका हुन् ।

कक्षा १२ को परीक्षालाइ भने कुनै बाधा पारिने छैन । त्यस्तै बजार क्षेत्रमा बेलुकी ५ बजेदेखि बिहान ८ बजेसम्म मात्र मालबाहक गाडि संचालन हुन पाउँने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।

खलंगा र शेरीगाउँ लगायत ठाउँका बजार क्षेत्रका पसलहरु बिहान ६ बजेदेखि दिउँशो ३ बजेसम्ममात्र खुल्ला हुने छन् भने बैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.