भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बडिमालिका नगरमा एमाले विजयी

बडिमालिका नगरमा एमाले विजयी

बाजुरा । बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा अम्मर बहादुर खडका विजयी भएका छन् भने उपप्रमुखमा नन्दा कुमारी थापा विजयी भएकी छन् ।

विजयी खड्काले ४ हजार ९ मत ल्याएका छन् । उपप्रमुखमा नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकी छन् । प्रतिस्पर्धि राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएर पराजय भएकि छन् ।

७ वटा वडामा एमाले र २ वटा वडा नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबल बहादुर रोकाया र ४ मा काँग्रेसबाट अर्जुन नाथले जितेका छन् ।

वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालमा नगरप्रमुख र उपप्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.