भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा

बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा बढेको छ ।नेपाल राष्ट्र बैंकले चालु आवको नौ महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७।२८ प्रतिशत रहेको उल्लेख छ । सोही महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४।४२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६।१४ प्रतिशत थियो ।समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा रु चार अर्ब २८ करोडले घाटामा रहेको छ ।त्यसैगरी समीक्षा अवधिमा पूँजीगत ट्रान्सफरमा ३९।५ प्रतिशतले कमी आई रु सात अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३।७ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १२ अर्ब ३५ करोड रहेको थियो ।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु दुई अर्ब २५ करोडले घाटामा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा १६।५ प्रतिशतले कमी आई २०७८ चैत मसान्तमा रु ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकोमा गत चैत मसान्तमा १८।२ प्रतिशतले कमी आई रु नौ अर्ब ६१ करोड कायम भएको छ ।कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा गत चैत मसान्तमा १७।९ प्रतिशतले कमी आई रु १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा गत चैत्र मसान्तमा ५।१ प्रतिशतले कमी आई रु एक खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । गएको चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४।३ प्रतिशत रहेको छ ।चालु आवको नौ महिनामा कूल वस्तु निर्यात ६९।४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०।२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६।९ प्रतिशत र २५।५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१।८ प्रतिशतले घटेको छ ।वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो ९पोलिष्टर तथा अन्य०, ऊनी गलैँचा, पिनालगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, तार, दन्तमञ्जन, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ । त्यसैगरी समीक्षा अवधिमा कूल वस्तु आयात ३२।० प्रतिशतले वृद्धि भई रु १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३।१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४।४ प्रतिशत, २८।६ प्रतिशत र ५९।२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुनलगायत वस्तुको आयात बढेको छ भने एम।एस।विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.