जनकपुरधाम । बन्द आह्वान गरेको नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास समेत प्रहार गरेको छ । शिव चोकमा बन्दकर्ताले गुडिरहेको भ्यानलाई नियन्त्रण लिन खोज्दा प्रहरीले बल प्रयोग गरेर लाठी प्रहार गर्नुका साथै हवाई फायर र अश्रु ग्यास हानेको छ ।
लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका नेता कार्यकर्ता घाइते भएका छन् । अहिले उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
