‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

सिन्धुपाल्चोक, । नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताउनुभएको छ । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उहाँले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताए।

पूर्वमन्त्री उहाँले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्छ भन्नुभयो । “हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरुका लागि हामीले सोच्नुपर्छ”, विपद् व्यवस्थापन समितिका संयोजक उहाँले भन्नुभयो, “बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयवासीका लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ ।”

अर्का केन्द्रीय सदस्य विष्णुविक्रम थापाले मेलम्चीवासीको विपत्तिमा हरदम साथ दिन कांग्रेस तयार रहेको छ भन्नुभयो । क्षेत्र नं २ प्रदेशसभा ९ख०का सभापति रामबाबु लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता भोला बोहोरा, प्रदेशसभा सदस्य निमा लामा, प्रचारप्रसार विभाग केन्द्रीय सदस्य सागर श्रेष्ठ, युवानेता प्रेमध्वज लामालगायतले विपत्तिमा पार्टीले अविभावकीय भूमिका निर्वाह गर्दै आएको बताए ।

 


Thali Mobile Pvt.Ltd.