भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ। मुम्बईस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन्।स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उहाँको उपचार भइरहेको थियो ।

ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिइन्।

उनको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ। त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन्। उनको अन्त्येष्टि भने श्रद्धाञ्जली दिएको भोलिपल्ट यही मार्च १३ तारिखमा मात्रै गरिने योजना बनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.