काठमाडौं । गोविन्द प्रसाद साह उत्पादक रहेको गायक प्रताप दासको स्वरमा रहेको ‘भट्टीवाली’ म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ ।
गीतमा शब्द परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको रहेको छ । यस गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा दुर्गेश थापा , रियाशा दाहाल, दिनेश थापा ुआयुषु, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।
हेर्नुहाेस् भिडियाे…
भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।

