भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

भरतपुर अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर

भरतपुर अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर

चितवन । चितवनमा मूल घर भई हाल अष्ट्रेलियामा बस्ने नेपालीको संस्था चितवन समाज, अष्ट्रेलियाले भरतपुर अस्पताललाई थप ३० थान अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको छ । समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर खरिद गरी ठूलो ३० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेललगायतको उपस्थितिमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। जगन्नाथ तिवारीलाई सामान हस्तान्तरण गरिएको हो ।

प्रबासमा रहेर पनि जिल्लावासीको स्वास्थ्यप्रति चिन्तित भएर सहयोग गरेकोप्रति अध्यक्ष अधिकारीले प्रशंसा गर्नु भयो ।
समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्तौला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग गर्दै आएको छ । यसअघि समाजले अस्पताललाई १० वटा अक्सिजन हित सिलिण्डर सहयोग गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.